वडा अध्यक्ष दाहालको कर्तुतः रातीराती टनेल प्लास्टिक वितरण

हेटौंडा टुडे
२३ बैशाख २०७९, शुक्रबार ०९:४१

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा टनेलमा प्रयोग हुने प्लास्टिक र रात्रिकालीन भोजको लागि लगिएको सामाग्री स्थानीय युवाहरुले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको छ ।

एमालेका वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालको निर्देशनमा प्लास्टिक टनेल वितरणका लागि ठुलोसल्ले भन्ने स्थानमा राती करिब ९ बजेतिर वडा सदस्यको उम्मेदवार भीममाया तितुङ सहित युवाहरुले एमालेको चुनाव प्रचारप्रसार गाडी नियन्त्रण लिई प्रहरीलाई बुझाएको हो ।

गाउँपालिकाको बजेटमा एक घर एक टनेल कार्यक्रम अन्तरगत आएको उक्त टनेल प्लास्टिक चुनावी मैदानमा गठबन्धन सँग हार्ने अवस्था देखिएपछि दाहालले रातीराती वितरण गर्दै र सुर्यमा मत माग्न युवाहरुलाई परिचालन गरिएको पाइएको हो ।

दाहालले आचारसंहिता उल्लंघन गर्दै प्लास्टिक वितरण गरेका हुन् । उनले बागदली खानेपानी उपभोक्ता समितिलाई थाहै नदिई खानेपानी पाइप बाढेको, पालिकाको बजेटमा डुम्रेकुना क्षेत्रका लागि ल्याइएको ट्युववेल, पाइपहरु आइपिएम कृषि सहकारीमा राखी गोप्य रुपमा युवाहरु परिचालन गर्दै वितरण गर्ने योजना रहेको स्थानीयहरुले बताएका छन् ।

भूकम्प पिडित स्थानीयहरुले यस अघि वडा अध्यक्ष रहदाँ ४ वटा भूकम्प घरको रकम हिनामिना गरेको आरोप समेत लगाएका छन् । यस विषयमा निर्वाचन अधिकृतको कार्यालय र प्रहरीलाई जानकारी गराउँदा समेत वेवास्ता गरि उनीहरुकै मिलोमत्तो रहेको आशंका देखिन्छ । गाउँपालिकाको अध्यक्षकै निर्देशनमा प्रहरी तथा निर्वाचन अधिकृतको कार्यालय आचारसंहिता उल्लंघन भइरहदाँ वेवास्ता गरेको प्रष्ट देखिन्छ ।

विहीबार राती प्रहरी चौकी धादिङले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रहरी कार्यालय पठाइएको छ । दाहाल यस अघि पनि एमालेबाट निर्वाचित वडा अध्यक्ष थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*