हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिवाकोटीलाई मकवानपुरगढी गाउँपालिकामा पठाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीले सामाजिक सञ्जालमा एमालेको प्रचारप्रसार गरेको कारण पदबाट हटाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
पुडासैनीले प्रचारप्रसारमा संलग्न भएपछि गठबन्धनका दल नेपाली कांग्रेसका गाउँपालिका सभापति राजविर मुक्तान र नेकपा माओवादी केन्द्रका अध्यक्ष राजुकमार खड्काले संयुक्त रुपमा सहायक निर्वाचन अधिकृत पदबाट निष्कासन गर्न मकवानपुरगढीको निर्वाचन अधिकृत नारन प्रसाद पोखरेललाई पत्र दिएपछि पोखरेलले पुडासैनीलाई हटाइएको र शिवाकोटीलाई उक्त पदमा राखी कार्य गर्न निर्देशन दिएको जानकारी गराएका छन् । 


















