हेेेटौंडा। आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न दलको उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।
मकवानपुरगढीमा पनि उम्मेदवारहरु विभिन्न वडाहरुमा मत माग्ने कार्यलाई सक्रिय रुपमा लागेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारहरु यतिबेला वडागत टोलटोलमा घरदैलो तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।
वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेदवारहरुले घरदैलो गरेका छन् । वडाको सिमलटार, कालिवन, धादिङ र भालुखोलाको क्षेत्रमा सयौं संख्याको उपस्थितीमा वडा अध्यक्ष पदका उम्मेदवार दिपेश दाहाल लगायत वडा सदस्यहरुले घरदैलो कार्यक्रम गरेको छ ।
दुबै दलका कार्यकर्ताहरुलाई धादिङमा गाउँपालिकाका गठबन्धनका उम्मेदवार अध्यक्षका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षका उम्मेदवार मान कुमारी पाख्रीनले आफ्नो पालिकाका एजेण्डा, प्रतिवद्धता, भावी योजना र कार्य योजनाका प्रतिवद्धताहरु व्यक्त गरेका थिए । वडा अध्यक्ष अध्यक्ष पदका उम्मेदवार दिपेश दाहालले समुन्नत वडा बनाउन आफ्नो संकल्प रहेको बताएका छन् ।
क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान सभापति यतिराज सापकोटा, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, गाउँपालिका उपसभापति थलनाथ घिमिरे लगायतका कांग्रेस नेतृत्वहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै, सोही स्थानमा नेकपा माओवादी केन्द्रका वडाका उम्मेदवारहरुले पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ । कोण सभाको आयोजना गर्दै माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने बताएका छन् । उक्त सभामा अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रीनले आफ्नो भनाई राखेका थिए ।


















