बिदुर हुमागाँईले जादा जादै भने “यो पाँच बर्षमा बिकास भएन भन्ने ठाउँ राखेनौ” ।

हेटौडा टुडे
७ जेष्ठ २०७९, शनिबार १२:१४

हेटौंडा/ मकवानपुरगढी गाउँपालिकामा गएको पाच बर्षमा बिभन्न क्षेत्रमा बिकासले फड्को मारेको निबर्तमान अध्यक्ष बिदुर हुमागाईले बताउनु भएको छ । गएको पाच बर्षमा मकवानपुरगढी गाउँपालिकामा  बिकास भएन भन्ने ठाउ नराखेको हुमागाईको भनाई छ ।

हिजो सुक्रबार मकवानपुरगढी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा बोल्दै हुमागाईले यस्तो बोल्नु भएको हो । साथै हुमागाईले आफुहरु प्रतिपक्ष नभई गाउँपालिका बिकासको निम्ति सदैब साथ र सहयोगको निम्ति तयार रहेको पनि बताउनु भयो । साथै गरिबि एउटा साझा समस्या र सबैको सत्रु रहेकोले पनि यो हटाउनको निम्ति आफू बिगत पाच बर्ष लागि परेको र नया नेतृत्वलाई पनि यो तर्फ ध्यानाकर्षण गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*