हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा, उपमेयरमा बानियाँ बिजयी

हेटौंडा टुडे
२०७९ जेष्ठ ७, शनिबार १३:३४ गते

हेटौंडा ।  नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानीयाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याईन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*