आज ४ बजे बजेट भाषण हुँदै

हेटौंडा टुडे
१५ जेष्ठ २०७९, आईतवार ११:०९

हेटौंडा/आर्थिक वर्ष २०७९/८० को बजेट (आज) आइतबार दिउँसो ४ बजे सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्नेछन् ।

संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।

बजेटमार्फत आयकरको विद्यमान सीमा बढाउने तथा कर्मचारीको तलब बढाउने तयारी पनि भएको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ बजेटको कार्यान्वयनमार्फत ६।५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ । बजेट संसद्मा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्काे बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*