पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क बिहिन

हेटौंडा टुडे
२०७९ जेष्ठ १५, आईतवार ११:०५ गते

हेटौंडा । आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन  । जहाजबारे खोजविन सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*