हेटौंडामा नो पार्किङको बिरोध , ट्राफिक प्रहरीकै लाईसेन्स जनताले मागेपछी हङगामा

हेटौंडा टुडे
२०७९ जेष्ठ १६, सोमबार २३:०९ गते

हेेेटौंडा।  बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा अझैसम्म पनि सवारी साधन पार्किङ व्यवस्थित हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण पैदाल यात्रु तथा अन्य सवारीलाई आवत जावतमा समस्या भएसंगै जनगुनासो आउने गरेको छ भने ब्यबसायिहरुबाट पार्किङको बिसयलाई लिएर बिरोध हुने गरेको छन ।

त्यस्तै आज सोमबार साझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथस्थित नारायणि नर्सिङ कलेज अगाडि करिब डेड घन्टा नो पार्किङको विषयलाई लिएर ट्राफिक प्रहरीसङ स्थानियबासीको बिचमा करिब डेड घन्टा जति लामो विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेर राखेको सवारि साधनमा ट्राफिक प्रहरिले आम सर्वसाधारणहरु लाई चै कारबाहि गर्न तर ट्राफिक प्रहरी आफैले नो पर्किङमा सवारी पार्किङ गरेपछी स्थानियबासिले बिरोध गरेका हुन । नियम सबैलाई एउटै हुनु पर्नेमा प्रहरिले नो पार्किङमा पार्किङ गरेर दादा गिरि देखाउन खोजेको स्थानियले आरोप लगाएका थिए । साथै नो पार्किङ भने पछि सबै लाई नो पर्किङ नै हुनु परो भने पछि बिवाद सिर्जना भएको थियो । स्थानियका अनुसार ट्राफिक प्रहरि नियमित रुपमा चेकजाच गर्न नआउने , मनलाग्दी तरिकाले चेक जाच गर्न आउने , मनलाग्दी जरिवाना काट्ने, नो पार्किङको ट्राफिक संकेतको कतै प्रयोग नभएको, राजस्व उठाउन दुख दिएको जस्ता बिषयलाई लिएर स्थानियले बिरोध जनाएका थिए । साथै आम जनताको लाईसेन्स र बिल बुक चेक गर्ने ट्राफिक प्रहरीको डुयुटीमा रहेका क्यु आर टि ट्राफिक प्रहरिको नै लाईसेन्स बिल बुक खोजेपछी बिबाद झन चुलिएको थियो । नागरिकलाई सचेत गराउने ट्राफिक प्रहरिनै किन बिना लाईसेन्स बिलबुक हिड डुल गरेको भनेर स्थानियले बिरोध जनाएका थिए  ।

साथै स्थानिय र प्रहरी बिच चर्किएको बिवाद केही गरे पनि नमिले पछि बिवाद मिलाउन प्रहरी निरीक्षक मुनेन्द्र थापानै फिल्ड उपस्थित हुनु परेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*