तारा एयर विमान दुर्घटना : २२ जनाको शव फेला, शव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने

हेटौंडा टुडे
२०७९ जेष्ठ १७, मंगलवार १०:५३ गते

हेटौंडा /आईताबार मुस्ताङको थसाङ गाउँपालिका–२ मा भएको तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नपाली सेनाको अनुसार २१ जनाको शव सोमबार नै फेला परेको र थप एक जनाको शव मंगलबार बिहान भेटिएको हो ।

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जानकारी दिएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमबार बिहान उक्त विमान थासाङ गाउँपालिका–२ स्थित पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

उनीहरू सबैको निधन भएको छ । निधन भएका सबैको शव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने अधिकारीहरूले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*