पहिरोले सिस्नेरी–कुलेखानी र कान्तिलोपथ सडक अवरुद्ध

हेटौंडा टुडे
२०७९ असार १, बुधबार ११:१२ गते

हेटौंडा/हेटौंडा काठमाण्डौ जोड्ने कान्तिलोपथ सडक खण्ड यतिबेला अवरुद्ध भएको छ । गएरातिको वर्षासंगै पहिरो जाँदा कान्तिलोपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ महादेवटारमा पहिरोले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो जाँदा हेटौंडा-काठमाण्डौ जोड्ने छोटो सडक मार्ग अन्तर्गत सिस्नेरी–कुलेखानी सडक अवरुद्ध भएको छ ।

प्रहरी अनुसार दुबै स्थानको पहिरो हटाउने कार्य भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*