हेटोंडा । माटो जोगाऔं अभियानका अभियन्ताहरुलाई शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा देशव्यापी रुपमा माटो जोगाऔं अभियानको लागि ३५०० किलोमिटर दौडन काठमाडौंबाट जेष्ठ ३० गतेदेखि सुरुभएको धावक नविन पुन मगर लगायतको टोलीलाई हेटौंडामा स्वागत गरिएको हो ।
स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले माटो जीवनको लागि अत्यन्त महत्वपूर्ण रहेकोले भावी पुस्ताको लागि पनि माटो जोगाउन पर्ने धारणा राख्नु भएको थियो ।
माटो जोगाऔं अभियानका अभियन्ताहरुको टोलीलाई प्राज्ञिक विद्यार्थी नेपाल र ईशा फाउण्डेशन नेपालका प्रतिनिधिहरुले पनि हेटौंडाको बुद्धचोकमा विभिन्न नाराहरु उद्घोष गर्दै स्वागत एवम् अभिनन्दन गरिएको छ ।
भोली सनिबार आषाढ ४ गते बिहान ७ बजेदेखि साईकल तथा पैदल ¥याली गरी ८ बजे मकवानपुर उद्योग वाणिज्य संघको हलमा माटो जोगाऔं अभियान अन्तर्गत कार्यक्रम हुने आयोजकले जनाउको छ ।


















