हेटौंडा । हेटौंडा -५ सिचाईटोलमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा घर भई हेटौंडा-४ सिर्जनापथमा डेरा गरी बस्ने ३९ बर्षीय अन्जन कर्ण रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कर्णलाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।दुर्घटनामा घाइते मोटरसाइकलमा सवार कर्णकी श्रीमती ३२ वर्षीया कल्पना र ११ वर्षीय छोरा आर्यनको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शनिबार मनकामना टोलबाट हेटौंडा बजारतर्फ आउने आउँदै गरे बा ९५ प ८५६१ नम्बरको मोटरसाइकल हेटौंडा-५ सिंचाईटोलमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सेयर गर्नुहोस्
















