हेटौडा । सांसद डीला संग्रौलाले संसदको शून्य समयमा बोल्दै सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि बैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौं विद्यार्थी मर्कामा परेको बताएकी छिन्। सांसद संग्रौलाले सरकारको निर्णयका कारण कतिपय अभिभावकहरुले स्विकृति गराइसकेको ऋणपनि निकासा हुन नसकेको बताइन्। उनले भनीन्, ‘स्थानीय निकायले जग्गाको वर्गिकरण कहिलेसम्म गर्ने हुन् टुगों छैन। त्यसैले यो निर्णयबारे पूर्नविचार गर्न सरकारलाई जोडदार माग गर्छु। ’
सेयर गर्नुहोस्


















