मकवानपुरगढीका गोलेलाई २२ बर्ष कैद

हेटौडा टुडे
८ असार २०७९, बुधबार ११:००

 हेटौंडा। श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई  मकवानपुर अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। जिल्ला अदालत मकवानपुरले श्रीमतीको हत्या गरेको ठहर गर्दै मकवानपुरगढी २ खोलाखेतका देवराज गोलेलाई २२ वर्ष कैद तोकेको छ। जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले गोलेले आफ्नै पत्नी श्रीमाया गोलेको हत्या गरेको ठहर गर्दै उक्त कैद सजायको फैसला गरेको हो।
गोलले २०७७ माघ ४ गते राति मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। श्रीमती हत्यामा संलग्न उनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।गोले अहिले मकवानपुर स्थित भीमफेदी कारागारमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*