हेटौडा। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित माईधिया पोखरी नजिकै बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ . पोखरी नजिकै अन्दाजी ५५ वर्ष उमेरका व्यक्तिको शव फेला परेको हो । बुधबार साँझ ५ बजे स्थानीय बासीले एक व्यक्तिको शव फेला परेको जानकारी दिए पश्चात वडा प्रहरी कार्यालय श्रीपुरको टोली घटनास्थल पुगेको थियो ।
शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्


















