हेटौडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समाजवादीका सांसदसमेत रहेका प्रेम आलेले आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएको छन । मन्त्रीले राजीनामा बुझाउनु पर्ने प्रधानमन्त्रीलाई थियो । तर नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाउन लागेको छ। जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।
मन्त्री आलेले संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री पदमा नरहने जानकारी पार्टीलाई गराइसकेको बताए। उनले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए।
सेयर गर्नुहोस्