हेटौडा । आइतबार बसेको प्रतिनिधिसभा बैठकको समयमा बोल्दै सांसद भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले काठमाडौं उपत्यका भित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताए । भट्टराईले मुलुकभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा ८० लाख विद्यार्थीहरु अध्ययन तथा अध्यापनबाट बञ्चित भएको बताए । उनले संसदमा शिक्षा मन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पु¥याउनु प्रतिवद्धता जनाएपनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए । उनले कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताव छपाई र वितरण गर्न दिँदा समयमा नै पुगेको तर ४ कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पु¥याउन नसकेको बताए ।
उनले भने, ‘नयाँ शैक्षिक सत्र शुरु भएको आज एक महिना १३ दिन बितेको छ । अहिले पनि पाठ्यपुस्तकको समस्या झेलिरहेका छौं । विगतका वर्षहरुमा पनि यो विषय उठाउँदै आएका थियौं । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्रमार्फत माध्यमिक तहको पाठ्यपुस्तक छपाई गर्ने गरेको छ । सांसद भट्टराईले अब केही समयमा विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा हुनुपर्ने भएपनि अहिलेसम्म पाठ्यपुस्तक नपुगेर अध्ययन अध्यापन शुरु नभएको कारण परीक्षाको प्रश्न र मूल्याङ्कन गर्न समेत समस्या देखिएको बताए ।


















