नेकपा एमालेद्वारा बागमती प्रदेशको बजेट पुस्तिका फिर्ता

हेटौंडा टुडे
२०७९ असार १२, आईतवार २०:०० गते

हेटौंडा  ।  बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्ष दल र बहुमत सांसदलाई व्यवास्ता गर्दै बिना छलफल बजेट ल्याएको र अघिल्ला सरकारले ल्याएका सबै बृहतका योजनाहरु कटौति गरेर टुक्रे योजना ल्याएकाले बजेट पुस्तिका फिर्ता गरेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*