धादिङमा बस दुर्घटना

हेटौंडा टुडे
२०७९ असार १७, शुक्रबार १५:१० गते

हेटौडा । काठमाडौँबाट रौतहटको कटहरिया बजार आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको मां गीता डिलक्स रात्रि सेवा बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३१ जनामध्ये गम्भीर अवस्थामा रहेका सात जनालाई उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको कटहरिया टिकट काउन्टरका ईन्चार्ज बसरुदिन अन्सारिले बताए । अन्य घाइतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*