हेटौडा । मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको छ । गत मंगलवार को १ क ११३० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत दुई बालबालिकालाई दिउँसो ४ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा रंगेली का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मंगलवार नै मृत्यु भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका रितिकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी थिइन् ।दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाडीले गेटमै उनीहरूलाई ठक्कर दिएको रंगेली प्रहरीले जनाएको छ । चालकले सहचालक माझीले गाडी चलाएका बेला दुर्घटना भएको प्रहरीमा बयान दिएका छन् । सहचालक माझी फरार छन् । उनको खोजी कार्य जारी रहेको रंगेली प्रहरीले जनाएको छ।


















