मोटरसाईकल चोरीको आरोपमा हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा टुडे
२०७९ असार २०, सोमबार ११:५५ गते

हेटौंडा । पछिल्लो समयमा मकवानपुरमा मोटरसाईकल चोरीको घटना बढीरहेको अवस्थामा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।आज सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीले मोटरसाईकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । गएराति २ बजे हेटौंडा १६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाईकल चोरी भएको र बागमती गाउँपालिका तर्फ आईरहेको जानकारी आएपछि प्रहरीले बिहान ६ बजे बागमती(७ को लामिटारबाट दुईजनालाई पक्राउ गरेको कार्यालयका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला सलार्ही बागमती(१ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बारा निजगढ(९ रतनपुर बस्ने ३३ वर्षीय लालकाजि घिसिङ रहेका छन् । उनले घटनाको थप अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*