हेटौंडामा सरकारी सवारीको दुरुपयोग, कर्मचारि नम्बर प्लेट घासले छोपेर पौडी खेल्न

हेटौंडा टुडे
२०७९ असार ३२, शनिबार २२:२९ गते

हेटौंडा। आज शनिबार सार्वजनिक बिदाको दिन मकवानपुरमा सरकारी सवारीको दुरुपयोग भएको पाइएको छ। शनिबार दिउँसो ना १ झ १६२९ नम्बरको सरकारी नम्बर प्लेटको स्कारपियो दुरुपयोग भएको पाईएको हो। भिमफेदी( १ त्रीखण्डी नजिक नम्बर प्लेट नदेखिन गरी स्याउलाले छोपेर राखिएको अवस्थामा उक्त गाडी फेला परेको हो । उक्त स्कारपियो लक गरेर नम्बर प्लेट नदेखिन गरी घासले छोपेर राखिएको अवस्थामा फेला परेपछि स्थानीयले भिडियो खिचेका थिए । स्थानीयका अनुसार अपरान्हको समयमा उक्त सरकारी गाडीमा चालक सहित तिन चारजाना राप्ती नदीमा पौडी खेल्न आएको दाबी गरेका छन्। ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*