लागुऔषधसहित चार जना पक्राउ

हेटौंडा टुडे
२०७९ श्रावण २, सोमबार १३:१५ गते

हेटौडा। बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इर्फान जोलाह रहेका छन् । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईलीबाट ४ सय १० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीकोट माहाबै गाउँपालिका–३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २४ वर्षीय दिपेन्द्र सिह छन् उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*