हेटौंडामा मालवाहक सवारी प्रवेशमा समय निर्धारण

हेटौंडा टुडे
२०७९ श्रावण ३, मंगलवार १०:३३ गते

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा समय निर्धारण गरेको छ । सोमबार उपमहानगरपालिकामा बसेको बैठकले बजार क्षेत्रमा रहेका व्यवसायीले सामान ओसार पसारमा गरेको मनलाग्दीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै समय निर्धारण गर्ने निर्णय गरेको हो ।बजारको मुख्य क्षेत्र बाइसाप सडक देखी उत्तर त्रिभुवन राजपथको चौकिटोल ओरालो देखि दक्षिण, मनकाममना चौंकहुँदै कान्तिराजपथको सानोपोखरा चौकबाट भैरब रोड हुदै, सितलहल चौकबाट बाइपास क्षेत्र भित्र ठुला सवारी प्रवेशमा रोक लगाउने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बताइन् ।

बजारको ट्राफिक व्यवस्थापनलाई ध्यान दिदै हेटौंडा उपमहानगरपालिकामा बसेको सवैपक्षिय बैठकले तोकिएको क्षेत्र भित्रको बजार क्षेत्रमा गर्मिको समयमा बिहान ८ बजेदेखी बेलुकी ८ र जाडो समयमा बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म मालवाहक सवारीमा प्रवेशमा रोक लगाएको छ । बैठकले राजमार्ग क्षेत्रहुँदै बाहिरीने सवारीलाई भने रोक नलगाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले हेटौंडा बजारमा देखिएको ट्राफिक समस्या न्यूनिकरणका लागि हेटौंडामा सञ्चालनमा रहेका तिनपाग्रे साना सवारी व्यवस्थापनको लागि हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा र बजार क्षेत्रमा देखिएको पार्किङ व्यवस्थापन मिलाउनका लागि हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जनको अध्यक्षतामा समिति गठन गरेको छ ।

उपमहानगरपालिकाले २०७६ पुष ७ गतेबाट हेटौंडामा तिनपाख्रे सवारीलाई रुटपरमिट नदिनका लागि यातायात व्यवस्थापन कार्यालयलाई पत्र लेखेपनि बजार क्षेत्रमा सवारीको संख्या बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो । यातायात व्यववस्थापन कार्यालयका राजु अर्यालयका अनुसार हेटौंडा उपमहानगर क्षेत्रका लागि ५१० वटा सवारीलाई रुट परमिट दिएपनि अहिले बजारमा २३१ वटा इ–रिक्स र १ हजार ६ सय अटो बिरगञ्जबाट रुटपरमिट लिएर हेटौंडामा सञ्चालनमा रहको तथ्याङ रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा पुरानो नारायणी यातायात कम्पनीका सरोज खनाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापा लगाएतका सस्थागत प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*