हेटौडा। ग्लोबल टेलिभिजन र टेलिभिजनमा सम्वद्ध प्रदेश ब्यूरो प्रमुखहरूबीच बैठक सम्पन्न भएको छ । शुक्रबार हेटौंडामा ब्यूरो प्रमुख र टेलिभिजनको बैठक सम्पन्न भएको हो । टेलिभिजनबाट अध्यक्ष सुरेश काफ्ले, निर्देशक प्रकास भण्डारी, महा–प्रवन्धक सुनिल कोईराला, सम्पादक प्रकास गिरीको उपस्थिति रहेको थियो । बैठकमा टेलिभिजनलाई अझ उचो बनाउन प्रदेश प्रमुखहरूले खेल्नु पर्ने भूमिका, समाचारका प्राथामिकता, ग्लोबलकर्मीहरूलाई समाचार तयार पार्न चाहिँने स्रोत–साधानबारे छलफल भएको थियो ।
छलफल पछि आफ्ना भनाई राख्दै ब्यूरो प्रमुखहरूले राजनीतिक देखि भूई–मान्छेहरूसम्मको समाचार संकलन गर्न कुनै कसर बाकीँ नराख्ने प्रतिवद्धता जनाएका थिए ।बैठकको अन्तिममा आफ्ना कुरा राख्दै अध्यक्ष सुरेश काफ्लेले पत्रकारको सुरक्षा देखि हरेक आवश्यकता पुरा गर्न टेलिभिजन प्रतिवद्ध रहेको बताएका थिए ।


















