नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनबाट अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । ७४५ मत प्राप्त गर्दै अध्यक्षमा लम्साल निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छिन भने भुवन भट्टले १९ मत प्राप्त गरेका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी विजयी भएका छन् उनले ६८५ मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का उम्मेदवार सरोज अधिकारीले ६६५ मत प्राप्त गरेका छन् ।हेटौंडामा शुक्रबार र शनिबार भएको महाधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो । एक हजार ६५० मतसंख्या रहेता पनि निर्वाचनमा एक हजार ३९७ मत खसेको थियो ।
सेयर गर्नुहोस्


















