भारतमा २० हजारभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

हेटौंडा टुडे
२०७९ श्रावण १३, शुक्रबार १४:२५ गते

हेटौडा । भारतमा २४ घण्टामा २० हजारभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलेका अनूसार २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ।

भारतमा एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन्। कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*