हेटौडा । गएराति पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गए राति परेको अविरल वर्षा पछि घर माथिबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य छ ।
सेयर गर्नुहोस्
















