लागूऔषधसहित हेटौंडाका चार जना पक्राउ

हेटौंडा टुडे
२०७९ श्रावण १६, सोमबार १७:०४ गते

हेटौडा । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स १३ बोतलसहित हेटौंडाका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा– २ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ बस्ने २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा–१२ घर भई हाल हेटौंडा–११ मा डेरा गरी बस्ने २५ वर्षीया ईशा घलान रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली आइतबार हेटौंडा–४ चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले राजेश श्रेष्ठको साथबाट उक्त परिमाणको लागूऔषध बरामद गरेको र सोधपुछ गर्दा चारै जनाले मिलेर ल्याएको भनि बयान दिएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*