हेटौडा । अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा म्याग्दीको मालिका गाउँपालिका रुममा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।
उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।
सेयर गर्नुहोस्


















