हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ जनामा परीक्षण गर्दा थप ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरि,आज थप ३ सय १ जनाले कोरोना संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ५ हजार ४३३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
सेयर गर्नुहोस्


















