तेस्रोपटकको प्रदर्शनमा पनि चपली हाइट ३’ फ्लप

हेटौडा टुडे
२२ श्रावण २०७९, आईतवार १२:४०

हेटौडा । चलचित्र ‘चपली हाइट–३ तेस्रोपटकको प्रदर्शनमा पनि ‘फ्लप’ सावित भएको छ । अर्जुनकुमार निर्मित चलचित्र गतवर्ष पुस ३० गतेदेखि पहिलोपटक प्रदर्शनमा आएको थियो । कोरोना भाइरसका कारण प्रदर्शनको तीन दिनमै हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो । निर्माता अर्जुनले फागुन १ गतेदेखि आफ्नो चलचित्रलाई दोस्रोपटक प्रदर्शनमा ल्याएका थिए । त्यसबेला कोरोनाका कारण एक महिना हल बन्द भएर भर्खरै खुलेको थियो ।

उक्त समय पनि चलचित्र हेर्न हलमा दर्शक पुगेनन् । दुुई पटक नै प्रदर्शनमा आउँदा कोभिडको मारमा परेका कारण चलचित्र गत शुक्रबारदेखि तेस्रोपटक प्रदर्शनमा ल्याइएको थियो । तर, तेस्रोपटक प्रदर्शनमा पनि चलचित्र हेर्न दर्शकहरू हल पुगेका छैनन् । हलमा ४÷५ जना मात्र दर्शक रहेको हल सञ्चालकहरूले बताएका छन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवालगायतका कलाकारहरूको अभिनय छ । क्राइम र थ्रिलर जनरामा ‘चपली हाइट–३’ निर्माण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*