हेटौंडा आईपुगे रवि लामिछाने

हेटौडा टुडे
२७ श्रावण २०७९, शुक्रबार १०:५४

हेटौंडामा । पूर्व संचारकर्मी रवि लामिछाने मकवानपुरको हेटौंडा आइृपुगेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर देश दौडाहमा रहेका लामिछाने आज बिहान त्यालि सहित हेटौंडा बजार परिक्रमा गरेका छन । संगै हेटांैडा ४ मा अबस्थित रहेको पशुपतिनाथ ९भुवनेश्वर० मन्दिरको दर्शन गरेका छन् । । लामिछाने आज शुक्रबार मध्यान्न १२ बजे हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने पार्टीको कार्याक्रमलाई सम्बोधन गर्न हेटौंडा आएका हुन् । लामिछाने मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ लड्ने घोषणा गरिसकेका छन् । तर हालसम्म कहाँबाट लड्ने भन्ने घोषणा गरेका छैन् ।

साथै हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर रहेको ब्यानर हिजो च्यातिएको अबस्थामा भेटिएको थियो । छ । बुधबार साँझ कार्यक्रम प्रचारको लागि राखिएको ब्यानर बिहिबार बिहान च्यातिएको अवस्थामा फेला परेको थियो । यो बिषयले हिजो सामाजिक सन्जाल तताउको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*