हेटौडा । राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यो बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला ९बिर्खे अञ्जान० लाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवा बर्ष मोती पुरस्कारको लागि बर्तौलालाई सिफारिश गरेको हो ।
२०४० बैशाख १ गते जन्मेका बिर्खे अञ्जान जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल बिर्खे अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना ९कविता सङ्ग्रह २०७२० शल्यक्रिया ९समालोचना सङ्ग्रह २०७२० कठघरामा देश ९मुक्तक सङ्ग्रह २०७९०, मकवानपुरका काव्य स् अवलोकन र अध्ययन ९समालोचना सङ्ग्रह २०७९० एकल कृति प्रकाशित छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा अब्बल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुनुहुन्छ ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्याएबापत बिर्खे अञ्जानलाई यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ प्रदान गर्न लागिएको युवा सेवा कोषका सदस्य सचिव डा। बिष्णुबहादुर भण्डारीले बताउनु भयो ।
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि।सं। २०४२ मा राष्ट्रिय युवा कोषद्वारा नगद ४० हजार राशी सहित स्थापित पुरस्कार मोतीराम भट्टको जन्म जयन्ती यही भाद्र ११ गते काठमाडौंमा एक समारोहबीच गरिने कोषका सदस्य सचिव डा। भण्डारीले बताउनु भयो ।


















