मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरिकरण र ब्यबस्थित पार्किङ गर्न नेविसंघको माग

हेटौंडा टुडे
२०७९ भाद्र १०, शुक्रबार २०:४४ गते

हेटौंडा ।  हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापनको माग गर्दै आज नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र पेश गरेको छ ।

आज शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले आज बाट ७२ घन्टा तीन दिन भित्र समाधान नभएमा नेपाल विद्यार्थी संघ सडकमा उत्रने चेतावनि दिएका छन । । शुक्रबार उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ समक्षा ज्ञापन पत्र पेस गर्दे सडक स्तरिकण र पार्किङ व्यवस्थापन हुनुपर्ने लगाएतका बिषयमा जोडदार माग गरिएको नेविसंघ मकवानपुर बहुमुखी क्याप्पस ईकाई समितिका संयोजक सन्तोष चौलागाई बताउनु भयो ।

साथै हेटौंडाको मानस चोकदेखि मनकामना चोकसम्मको सडक अन्तर्गत उपमहानगरको बागमति प्रदेशका मुख्यामन्त्रीको कार्यलय, विभिन्न मन्त्राय, नगरपालिका, विद्यालय र क्याम्पस पर्ने भएकाले र उक्त सडकको अवस्था नाजुक हुनु दुर्भाग्य भएको र सवारि दुर्घटना बढन सक्ने जोखिम रहेको प्रति नेविसंघले उपमहानगरको ध्यानाकर्ष गराएको छ । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका उपमेयर बानियाँले नेविसंघले उठाएको मागको सम्बोधनका लागी छिट्टै पहल थाल्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*