चामलको भाउ २० प्रतिशतले बढ्ने

हेटौंडा टुडे
२६ भाद्र २०७९, आईतवार १५:२९

हेटौडा । भारतले बिहीबार कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै बासमती र उसिनेकाबाहेकका चामलमा २० प्रतिशत कर लगाएको छ।  विश्वभर हुने चामलको व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिन्छ। हामीले उपभोग गर्ने ४० देखि ५० प्रतिशत चामल भारतबाट भित्रिन्छ। गत आर्थिक वर्ष २०७८र७९ मा भारतबाट मात्रै २५ अर्ब ३२ करोड मूल्य बराबरको ५० करोड किलो चामल आयात भएको छ। भारतीय सरकारले चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा यहाँ चामलको मूल्य बढ्ने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए।

भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि २० प्रतिशतले नै मूल्य बढ्छ  उनले भने। धानमा १० प्रतिशत मात्रै कर लाग्नु पर्ने। बराबर कर लगाउँदा धान आउनै बन्द हुन्छ  उनले भने, धेरैजसो चामल पनि ग्रे मार्केटबाट आउँछ। नेपाल सरकारले भारत सरकारसँग तत्काल यो विषयमा कुरा नगर्ने हो भने दशैंको मुखमा महँगी बढ्ने उनी बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*