हेटौंडा । राप्रपा नेपालले भदौ २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ । निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
जसअनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरू आयोजना गरिने तय भएको उनको भनाइ छ । यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने बैठकले निर्णय गरिएको छ आसन्न निर्वाचनको प्रयोजनका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गर्ने बैठकबाट निर्णय पनि भएको उनले बताए ।
सेयर गर्नुहोस्


















