हुप्राचौरमा करेन्ट लागेर एक जना घाइते

हेटौंडा टुडे
२०७९ भाद्र २८, मंगलवार १८:२६ गते

हेटौंडा । हेटौंडा – ४ हुप्राचौरमा पोलमा चढेर बत्तीको काम गर्दा करेन्ट लागेको एक जना घाइते भएका छन्। मंगलबार दिउँसो हेटौडा(४ हुप्राचौर स्थित बिजुलिको पोलमा काम गर्दा नेपाल बिधुत प्राबिधिकरण हेटौडा बितरण केन्द्र भुटनदेबी मा कार्यरत हेटौंडा(८ कमाने बस्ने ४६ बर्षीय शम्भु थापालाई करेन्ट लागेको थियो। करेन्ट लागेर थापा घाइते भएका छन्।
उनको टाउको र खुट्टामा चोट लागेको र मध्यम अवस्थामा भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*