हेटौंडा । जागरण बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री तथा छात्रवृति वितरण गरेको छ । बुधबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा पाँच जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र नगद सहित छात्रवृति वितरण गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलान लगाएतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रवि घतानी, दीप पाख्रीन, रोजिता लम्साल, मनोज गौतम, अभिषेक संजेललाई ८५० को शैक्षिक सामाग्री र नगद २ हजार १५० नगद प्रदान गरिएको थियो ।
सेयर गर्नुहोस्


















