हेटौडा । हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नगदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १२–१७ बर्ष उमेरका ३ जना बालक वेपत्ता भएका छन् ।
शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको उद्धार गरिएका बालकले बताएको घटनास्थलमा रहेका प्रष्टखबर डटकमका प्रमुख संवाददाता सुनिल शिवाकोटीले जानकारी दिए ।
हराइरहेका बालकहरुको बागमती प्रदेश प्रहरी कार्यलयबाट आएको उदार टोलीले खोजी गरिरहेको पनि शिवाकोटीले बताए । सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरु हेटौंडा १५ फारलाइनबाट पौडी खेल्न आएका थिए । हराइरहेका बालकहरुको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरिक्षक केशर कुमार न्यौपानेल जानकारी दिए ।
सेयर गर्नुहोस्