मकवानपुरको भैंसेबाट बरामद भएको प्रतिबन्धित मांगुर माछा नष्ट

हेटौंडा टुडे
२०७९ आश्विन ९, आईतवार १२:११ गते

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं। २ अस्थाई प्रहरी पोष्ट भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बरामद भएको नेपालमा प्रतिबन्धित मांगुर माछा नष्ट गरिएको छ । प्रतिबन्धित मांगुर माछा ५० केजी र खानका लागि अयोग्य अन्य माछा १२० केजी माछा नष्ट गरिएको हो ।

मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ७ गते शुक्रवार राती ११ बजे बरामद गरेको १७० किलो प्रतिबन्धित र खान अयोग्य माछा भैंसेमा खाल्डो खनी नष्ट गरिएको थियो ।

बिरगन्जबाट भन्सार छलेर ल्याईएको माछा प्रहरी र माछा व्यवसायी संघको संयुक्त पहलमा नियन्त्रणमा लिइएको थियो । नेपाल र भारतको माछा मिसावट गरि खानको लागि अयोग्य र प्रतिबन्धित माछा काठमाडौं लैजाने क्रममा भैंसेबाट बरामद गरिएको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्र किशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महत्तो, चितवनका बरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने, स्थानीय सरोज चौलागाई, प्रहरी चौकी भैंसेका प्रहरी र पत्रकारहरुको उपस्थितिमा बरामद गरिएको माछा खाल्डो खनेर नष्ट गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*