कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन

हेटौंडा टुडे
९ आश्विन २०७९, आईतवार १२:१७

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले आशन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको ब्यवस्था बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र मूख्यसचिव राजु नेपाल सदस्यसचिव रहनेगरी कांग्रेस बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरिएको छ । सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीको काम अघि थाल्न निर्देशन दिनुभएको मूख्यसचिव नेपालले बताए । समितिले विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्नेसमेत संयोजक बादेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*