सन्दीप लामिछानेको प्रकरण: जाहेरीकर्ताकै दुईवटा जन्मदर्ता, लियो नयाँ मोड

हेटौंडा टुडे
२०७९ आश्विन २४, सोमबार २०:३८ गते

हेटौँडा ।  क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिएको छ । नयाँ कुरा बाहिरा आएुंसगै सन्दीप लामिछानेको घटना प्रकरणले नयाँ मोड लिएको छ । लामिछाने विरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएको छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएको छ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना बढेको उहाँले बताउनुभयो । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन्। सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन्। साथै यो बिषयले समाजिक सञ्जालमा समेत तातेको छ ।

ईमेज खबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*