नवनिर्मित भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा टुडे
२०७९ कार्तिक १५, मंगलवार १८:३० गते

हेटौंडा । सामुसामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरलाई नवनिर्मित भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सेवा क्यानडा इन्टरनेशनल तथा सेवाका लागि युवा पोखरा कास्की नेपालको समन्वयमा बनेको भवन केन्द्रलाई हस्तान्तरण गरिएको हो । सोमबार हेटौंडा(९ पशुपतिनगर स्थित सामुदायिक सेवा केन्द्र मकवानपुरको कार्यालय प्रांगणमा एक कार्यक्रम बिच सेवाका लागि युवा पोखरा कास्की नेपालका अध्यक्ष छेवाङ कर्मा तामाङले केन्द्रका अध्यक्ष विष्टलाई भवनको स्वामित्व हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण पत्रमा प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे,विषेश अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतम तथा केन्द्रका अध्यक्ष राम बिष्टले हस्ताक्षर गर्नु भएको थियो ।नवनिर्मित भवनमा २० शैयाको आइसोलेसन कक्ष निर्माण गरिनुको साथै विभिन्न स्वास्थ्य उपकरण तथा केही औषधीसमेत तयारी अवस्थामा राखिएको छ ।२०७६ माघ १२ गते निर्माण सम्झौता भएको भवनको कुल लागत ४७ लाख २३ हजार रुपैयाँ रहेको छ ।उक्त कार्यक्रममा भवन निमार्णमा योगदान पुर्‍याउनु हुने सेवाका लागि युवाका कोषाध्यक्ष गोपाल गौतम लगाएत विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा केन्द्रका आजिवन सदस्य ,पदाधिकारी ,उज्ज्वल भविष्य महिल समुह हेटौंडा (८,दिदिबहिनी जागरण आमा समुह हेटौंडा (८,पुस्पाञ्जली आमा समुह हेटौंडा (९ लगाएतको विभिन्न सघं संस्थाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*