सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ कार्तिक १६, बुधबार ११:३४ गते

हेटौडा -बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*