विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशत छुट

हेटौंडा टुडे
२०७९ कार्तिक १६, बुधबार ११:५६ गते

विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुुसेवा कम्पनीहरूबीच यस्तो सहमति भएको छ।

सहमतिअनुसार अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुलाई सो विमानस्थलबाट आन्तरिक हवाइ यात्रा गर्दा अन्तर्राष्ट्रिय बोर्डिङ पासको आधारमा सहुलियत पाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

उनकाअनुसार यसका लागि आन्तरिक उडान गरिरहेका बुद्ध, यति र श्री एयरलाइन्स तयार छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*