हेटौडा -क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।
केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई थुनामा राख्न आदेश दिइयको थियो।
सेयर गर्नुहोस्






















