
हेटौंडा। हेटौंडामा वर्तमान शैक्षिक समस्या समाधानमा संघ एवं प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारहरूको सहभागितामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो। नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाले संचालन गरेका थिए। कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष गोकुल लम्सालले स्वागत मन्तव्य गरेका थिए।
कार्यक्रममा प्रतिनिधि सभा १ का उम्मेदवार महालक्ष्मी उपाध्याय ९डिना० प्रतिनिधि सभा १ को प्रदेश सभा ख का उम्मेदवार आनन्दराम पराजुली र नेकपा एसकी प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार कल्पना बिश्वकर्माले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई गम्भीर रुपमा लिदै समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिब पुरुषोत्तम आचार्यले कार्यक्रमको सहजिकरण गरेका थिए।

