हेटौडा-पुँजी बजारमा उत्साह देखिएको छ । आइतबार इन्ट्रा डे कारोबारमा सूचक दोहोरो अंकले बढिरहँदा कारोबार रकममा पनि आकर्षक वृद्धि भइरहेको छ ।
नेप्से सूचक ३४ अंकले बढेको छ भने १ अर्ब रुपैयाँको सेयर कारोबार भइसकेको छ । चुनावी माहोल सुरु हुनु र यही बेला धमाधम सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश प्रस्ताव गरेकाले आम लगानीकर्ता उत्साहित भएका हुन् । त्यसो त १४ महिनाभन्दा बढी अवधिसम्म बजार निरन्तर घट्दा भाउहरु निकै सस्तो भइसकेका छन् ।
मजुबत फन्डामेन्टल अवस्था भएका, उच्च लाभांश क्षमता रहेका कम्पनीको भाउ पनि निकै तल आइसकेको छ । पीई रेसियो हेर्दा पनि निकै तल आएको छ । यही परिपेक्ष्यमा बजारले गति लिएको हो ।
तुलनात्मकरुपमा कम्पनीहरुले गत वर्षभन्दा बढी लाभांश दिएका छन् । बैंकहरुको नाफा पनि बढेको छ । यसर्थ, आगामी दिनहरु समग्रमा पुँजी जबारका लागि सुखद् हुने अनुमान गरिएको छ ।