रातिबाट मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध

हेटौंडा टुडे
२० कार्तिक २०७९, आईतवार १६:३४

हेटौडा -प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार रातिदेखि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जारी गरेको सूचनामा आइतवार राति १२ बजेदेखि प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा निषेध गरिएको उल्लेख छ ।सूचनाको अवज्ञा हुने कार्य गरे/गराएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने जनाइएको छ ।

तस्बिर गुगलबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*